तपाईँ सुन्दै हुनुहुन्छः

भंगाहामा मेयर गोल्डकप फुटबल शुक्रबारदेखि

जलेश्वर । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले सो प्रतियोगिताका प्रथम विजेतालाई रु ५ लाख १ , उपबिजेतालाई रु १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ । सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button