२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्तराष्ट्रिय व्यापार प्रणालीमा उल्लेखनीय सुधार’

रेडियो नेपाल २०७७ पुष १३ गते १९:२०

काठमाडौं । भन्सार विभागले आसिकुडा भन्सार प्रणाली कार्यान्वनमा आएपछि मुलुकको भन्सार प्रशासन चुस्त भइ नेपालको अन्तराष्ट्रिय व्यापार प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

विभागमा सोमवार भएको पत्रकारहरुसँगको अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार जाँजपास प्रक्रियालाई अन्तराष्ट्रियस्तरको बनाउनुका साथै सूचना प्रविधिको प्रयोग गरी भन्सार प्रक्रियामा पारदर्शिता कायम गर्न र नियमन गर्न सजिलो पारिएको बताउनुभयो ।

अन्तरक्रियामा महानिर्देशक दाहालले विभागमा स्थापना गरिएको परिक्षणशाला ल्याबबाट भन्सार जाँचपासका क्रममा हुन सक्ने छली, मिसावट लगायतका समस्यालाई नियन्त्रण गर्न मद्धत पुगेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले विभागले निकट भविष्यमा नेपाल राष्ट्रिय एकद्धार प्रणाली सम्बन्धी सफटवेयर लागू गरी व्यापारसँग सम्बन्धित सरकारी ४२ वटा निकायलाई आवद्ध गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित