तपाईँ सुन्दै हुनुहुन्छः

छथरजोरपाटीमा कोभिड अस्पताल सञ्चालन

अस्पतालको उद्घाटन गर्दै प्रदेश संसद
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सामुदायिक भवनमा सञ्चालित उक्त ५ बेडको अस्पतालको प्रदेश सांसद इन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभएको छ ।
गाउँपालिकाले एक कार्यक्रमका बिच उद्घाटन गरेर अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल सञ्चालनमा आएपछि पालिकाका जनताहरूले जिल्ला बाहिर गएर कोरोनाको उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
उहाँले उक्त कोभिड अस्पतालले कोरोना सहित दैनिक स्वास्थ्य सेवा दिने जानकारी दिनुभयो । अस्पतालमा डाक्टर प्रशंसा न्यौपाने सहितको ६ जनाको स्वास्थ्य टोलीले २४ घण्टे सेवा दिने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
धनकुटा अस्पतालमा यस अघि पीसीआर परीक्षण मेसिन सञ्चालनमा आइसकेकोले अव त्यहाँका जनता उपचार गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button