तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय स्तरीय क्रिक्रेटबाट विद्यालयमा खेलकूदको वातावरण बन्दै

जनकपुरधाम । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा २१ वर्षपछि भईरहेको अन्तरविद्यालय क्रिक्रेट रनिङ्गशिल्ड प्रतियोगिताका कारणले विद्यालय स्तरमा खेलकूदको माहौल सिजना भएको छ ।

क्रिक्रेट संघ नेपाल प्रदेश नंं २ को संहकार्य तथा एन प्याब्सन धनुषाको आयोजनामा पुस १० गतेदेखि शुरु भएको विद्यालय स्तरीय क्रिक्रेट प्रतियोगिताका कारणले विद्यालय तहमा खेलकूद प्रति व्यापक उत्साह थपेको छ ।

२१ वर्षपछि हुन थालेका कारणले केवल १० वटा विद्यालयको मात्र सहभागिता भएपनि अर्को वर्षदेखि सहभागिता बढाउँदै लाने पक्षमा आफूहरु रहेको आयोजक संस्था एन प्याब्सन धनुषाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक अशिष झाले जानकारी दिनुभयो ।

खास गरेर विद्यालयमा विद्यार्थीहरुमा मोबाईलप्रति बढेको लतबाट मुक्ति दिलाउन, विद्यार्थीको मानिसक, शरीरिक तथा संवेगात्मक विकास, लागु पदार्थको दुर्व्यसनी हुनबाट जोगाउन, खेलकूलदप्रति विद्यार्थी र अभिभावकको रुचि बढाउनका लागि आयोजना गरिएको प्रतियोगितामा देखिएको उत्साहका कारणले आफूहरु उत्साहित भएको आयोजकले जनाएको छ ।

खेलकूदका लागि कुनै बेला निक्कै अग्रस्थानमा रहेको जनकपुरधाममा विगत दुई दशक यता खेलकूदमा व्यापक ह्रास आएको बेलामा आयोजना गरिएको विद्यालय स्तरीय रनिङ्गशिल्ड क्रिक्रेट प्रतियोगिताले खेलकूदको वातावरण निर्माण गरेको खेलाडी विद्यार्थीका अभिभावक एवं पूर्व खेलाडी अशोक दत्तले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा अम्पायरिङ्ग गरेका रामकैलाश यादवसहितका अम्पायरहरुको सहभागितामा भइरहेको विद्यालय स्तरीय क्रिक्रेट प्रतियोगिताका कारणले बाह्र विघा रङ्गभूमि मैदानमा व्यापक चहल पहल बढेको छ ।

पुस २० गतेसम्म चल्ने प्रतियोगितामा एक विद्यालयले कम्तीमा तीन वटा खेल खेल्न पाउने भएपछि उनीहरुमा खेलको बारेमा राम्रो प्रशिक्षण मिल्ने प्रतियोगिताका संयोजक झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button