तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा हमाल

काठमाडौं । कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार गठन गरेको प्रदेशको तदर्थ कमिटिमा हमालसहित ७ सदस्यीय कमिटि निर्विरोध निर्वाचित भएको हो ।

हमालको अध्यक्षमा चयन भएको कमिटिमा जुल्लाका भरत खत्री उपाध्यक्ष चुनिएका छन् । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी, खगेश्वर आचार्य रहेका छन् । निर्वाचित कमिटिले ४ जना सदस्यलाई मनोनित गर्नेछ ।

एन्फाका केन्द्रिय परिवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थितिमा प्रदेश कमिटि गठन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button