तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बन्दुक र गोलीसहित एक पक्राउ

फाइल फोटो
बारा । बारामा बन्दुक र गोलीसहित आदर्शकोतवाल गाउँपालिकाको गंगानगरबाट  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुर बस्ने ६१ वर्षीय बद्री सहनी रहेका छन् ।
उनलाई एक थान नलकटुवा बन्दुक र थ्री नट थ्रीको एक राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो । प्रदेश नं. २  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोसाकका प्रहरीले सहनी सवार बा.८ प. ३८११ नम्बरको स्कुटर जाँच गर्ने क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा बन्दुक र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र राज कँडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button