तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत तालिम सुरु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले ६ दिने मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख वसन्तकुमार मिश्रले नगरबासीलाई स्वस्थ राख्ने वातावरण सिजना गर्नका लागि सक्रिय रुपमा काम गरेकै कारणले गर्दा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताउनुभयो ।

नागरिकले स्वस्थ जीवनयापन गर्ने व्यवस्था मौलिक हकमा रहेको हुँदा हरेक नागरिकलाई सरल र शुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत नगर प्रमुख मिश्रले दिनुभयो ।

नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, मानसिक परामर्श सेवा नेपालकी रञ्जना चौधरी, पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी लगायतका वक्ताहरुले खास गरी गरिब परिवारमा मानसिक रोगीहरु बढी मात्रामा हुने भएकाले मनोवैज्ञानिक तरिकाले प्रत्येक नगरबासीलाई मानसिक रोगका बारेमा जानकारी गराउन सकेमा मानसिक रोगलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button