२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय १८ जना कोरोना संक्रमणमुक्त

रेडियो नेपाल २०७७ पुष १३ गते १६:३४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ६ हजार ४ सय २७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ८ सय ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित