तपाईँ सुन्दै हुनुहुन्छः

मौसम सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौता

No description available.

काठमाडौँ । रेडियो नेपाल र जल तथा मौसम विज्ञान विभागबीच मौसम सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के सी र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्यले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक शुक्रवार बिहान ८ः१५ देखि ८ः३० बजेसम्म मौसम चौतारी नामक रेडियो कार्यक्रम प्रसारण हुनेछ ।

मौसम सम्बन्धी यस प्रकारका रेडियो कार्यक्रमहरूले कृषि क्षेत्रमा संलग्न कृषकहरू तथा सम्पूर्ण नागरिकहरूको दैनिक जीवनशैलीमा सहजता ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

No description available.

यसै गरी रेडियो नेपाल र वातावरण विभागबीच पनि वातावरण सम्बन्धी चेतना जगाउने सन्देश प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के सी र वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार रेडियो नेपालबाट बन तथा वातावरण सम्बन्धी चेतना जगाउने विभिन्न किसिमका सन्देश प्रसारण गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button