तपाईँ सुन्दै हुनुहुन्छः

स्वच्छ र गुणस्तरिय मासु नपाएको सल्यानका उपभोक्ताको गुनासो

सल्यान। सल्यानका उपभोक्ताहरुले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न नपाएको बताएका छन् । सञ्चालनमा रहेका मासु पसलहरु मापदण्ड विपरित हुँदा स्वच्छ र गुणस्तरिय मासु उपभोग गर्नबाट बञ्चित भएको उपभोक्ताहरुको भनाई रहेको छ ।

मापदण्ड विपरित जथाभावी मासु पसल खोलिएको दार्मा गाउँपालिका ५ का रमेश केसीले बताए । सचेतनाको कमीका कारण मासु किनबेच गर्दा प्रश्न समेत गर्न नसकेको बताए । सञ्चालन भएका मासु पसल सफा सुघर नभएको, दर्ता विनानै चलेको उनको भनाई छ ।

मासु पसल सञ्चालनका लागि आवश्यक पर्ने सचेतना, लगानी आदी कारणले समस्या भएको बागचौर नगरपालिका ४ पेदिखोलाका वृद्धिराम ओलीले बताए । स्थानीय सरकारले व्यावसायीलाई प्रर्वद्धन गर्न आवश्यक लगानी समेत गर्न नसकेको उनको भनाई छ ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले मानव स्वास्थ्यलाई ध्यान दिएर सरकारले लगानी वढाउनु पर्ने हो तर त्यसो नभएको वताए । उनले उपभोक्ता पनि सचेत हुनु पर्ने र ब्यवसायीले पनि गुणस्तरीय मासु बेच्न र प्रयोग गर्नुपर्ने बताए ।

स्वच्छ मासु उत्पादनका लागि निजि क्षेत्र, गैरसरकारी र सरकारी र निकायले लगानी बढाउनु पर्ने पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका बरिष्ठ पशु चिकित्सक डाक्टर कृष्णराज पाण्डेले बताए । रोगी पशुको मासु खादा समस्या हुने भएकोले उपभोक्ताले ख्याल गर्नुपर्ने बताए ।

उनले मासु जन्य बस्तु बिक्रि बिवतरणमा सबै मापदण्ड पालन गर्नको लागि स्थानिय तहले पहल गर्नु पर्ने, हरेक स्थानिय तहहरुमा एक वटा बथशाला स्थापना गर्नुपर्ने बताए।

पसु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले स्थानीय तहले पालिकामा रहेका मासुपसल सुधार गर्न अवका दिनमा कार्यक्रम सहित अनुगमन पनि नियमित गर्नु पर्ने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button