तपाईँ सुन्दै हुनुहुन्छः

देशभर काँग्रेसले प्रदर्शन गर्दै


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद विघटनका विरुद्ध आज देशभर विरोध प्रदर्शन गर्दैछ ।मुलुकका १६५ वटै निवार्चन क्षेत्रमा विरोधसभा आयोजना गरीने नेपाली काँग्रेसका उप सभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवा भक्तपुरको ठिमीमा आयोजनाहुने सभामा सहभागि हुनुहुने बताइएको छ भने केन्द्रीय नेताहरु विभिन्न जिल्लामा पुग्नुभएको काँग्रेसले जनाएको छ ।

यस अघि केन्दीय समिति बैठकबाट बिरोधमा उत्रने निर्णय गरेको काँग्रेसले आगामि पुष १९ गते देखि यो निर्णय बारे फेरी निरन्तर छलफलमा जुट्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button