तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्वकालमा बिस्थापित भएको तालिम केन्द्र पुनस्थापना गर्दै शसस्त्र प्रहरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको शसस्त्र प्रहरीको नाममा रहेको जमीन प्रयोगको पहल सुरु भएको छ । द्वन्द्वकालमा माओवादी आक्रमणमा परेपछि यहाँको तालिम केन्द्र बिस्थापन भएको थियो ।

सुरक्षाको हिसावले पनि यस क्षेत्रमा आवश्यक रहेको सुरक्षानिकायको बिस्थापनपछि निक्कै समस्या भएको थियो । हाल यहाँका समाजसेवी दीपक भण्डारीको समन्वयमा शसस्त्र प्रहरीले यो जमिन पुनः प्रयोगका लागि गुरुयोजना निर्माण गर्न सुरु गरेको छ । स्थानीय सरकारको प्रतिबद्धतापछि शसस्त्र प्रहरीको अतिरक्ति प्रहरी महानिरीक्षक रामशरण पौडेलको नेतृत्वमा गुरुयोजना निर्माणको काम सुरु भएको हो ।

आईतवार लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, यस क्षेत्रका प्रदेशसभा सदस्य शरेस नेपाल लगायत स्थानीय जनताले यो जमिन शसस्त्र प्रहरीले प्रयोग गरेर संरचना निर्माण गरे सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लिसंखुपाखर गाउँपालिका वडा नंम्वर ७ मा रहेको झण्डै ५५ रोपनी जमिनमा सुरुमा जनपद प्रहरीको तालिम केन्द्र सञ्चालन भएको थियो । माओवादी आन्दोलन सुरु भएपछि यो जमिनमा शसस्त्र प्रहरीको युनिट बसेको थियो ।

तर, सुरक्षाको दृष्टिले जोखिम बढेपछि यहाँबाट शसस्त्र प्रहरी बिस्थापन भएको थियो । शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरिक्षक रामशरण पौडेलले पनि बिगतमा यही तालिम गनुैभएको थियो । ‘बिगतमा मैले पनि यही तालिम लिएका हो । यहाँको भूवनोट पनि उचित भएकोले यो जमिन शसस्त्र प्रहरीले पुनः प्रयोग गर्न आवश्यक रहेका कारण यहाँ गुरुयोजना निर्माण गर्न लागेको हो’– फिल्डमा पुगेका अतिरिक्त महानिरीक्षक पौडेलले बताउनुभयो । पौडेलको नेतृत्वमा पुगेको प्राबिधिक टोलीले सर्भेपछि गुरुयोजना निर्माण गर्ने र त्यसपछि काम सुरु हुने पौडेलले बताउनुभयो ।

उहाँका अनुसार तीन वटा बिकल्पमा छलफल भएको छ । यस क्षेत्रमा बिपत् उद्धारको स्थान नभएका कारण शसस्त्र प्रहरीले बिपद् उद्धार युनिट स्थापना गर्ने कि,अधिकृतस्तरको तालिम केन्द्र स्थापना गर्ने या पुरानै प्रकारको तालिम केन्द्र स्थापना गर्ने बिकल्पमा काम अघि बढेको पौडेलले बताउनुभयो ।

तीन बिषयको निक्र्यौल भने डिटेल सर्भेपछि मात्र तय हुने शसस्त्रको भनाई छ । अरनिको राजमार्ग अन्तर्गत खाडिचौर चरिकोट खण्डमा हुने सवारी दुर्घटनाका घाईतेलाई उद्धार गर्नका लागि पनि उद्धार युनिट आवश्यक भएका कारण यहाँ शसस्त्रलाई अनुरोध गरिएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो ।

साथै, यो क्षेत्र सुरक्षाको हिसावले पनि संवेदनशील भएका कारण यहाँ खेर गएको जमीनमा शसस्त्रको युनिट आवश्यक भएकाले स्थानीय सरकारले पहल गरेको नेपालले बताउनुभयो । यहाँ शसस्त्रको तालिम केन्द्र हुँदा स्थानीय उत्पादनको पनि खपत भएका कारण पुनः स्थापनाका लागि जोड दिईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button