तपाईँ सुन्दै हुनुहुन्छः

सबै पक्षसँग छलफल र परामर्श गरी अघि बढिने मन्त्री लामाको भनाइ

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले सबै पक्षसंग छलफल र परामर्श गरेर अघि बढ्ने बताउनुभएको छ ।

सिंहदरबारमा आईतबार पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री लामाले सबै पक्षसंग परामर्श गरेर परिणाम देखिने हिसाबले काम गर्ने बताउनुभयो ।

बदलिँदो राजनीतिक परिस्थित असहज भएपनि खेल क्षेत्रलाई कुनैपनि अवस्थामा अघि बढाउने दायित्व रहेको मन्त्री लामाले बताउनुभयो । नवनियुक्त मन्त्रीको स्वागतमा मन्त्रालयले आईतबार औपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।

मन्त्री लामालाई स्वागत गर्न मन्त्रालय अन्तगरतका राखेप, युवा स्वरोजगार, स्काउट र युवा परिषद्का पदाधिकारी मन्त्रालयमा पुगेका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयको काम कारवाही र दायराका विषयमा नवनियुक्त मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

फोटोः सामाजिक सञ्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button