तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते शुक्रवार अपराह्न ४:००  बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button