तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवासको रकम नपाएको स्थानीयको गुनासो

जाजरकोट । जाजरकोटमा घर निर्माण गरेका दुई सय घरपरिवारले जनता आवासको रकम नपाएको गुनासो गरेका छन् । गत असारमै घर निर्माण गरिसकेका उनीहरुले सात महिना बितिसक्ता पनि रकम पाउन सकेका छैनन् ।

गत असारमै घर निर्माण गरिसकेका बारेकोट ४ नायकबाडाका जयबहादुर परियार साहुँसँग ऋणदाम गरेर घर बनाएपनि रकम नपाएको गुनासो गर्नुहुन्छ ।

आर्थिक वर्ष ०७६–०७७ को प्रदेश सरकारले २ सय घर निर्माणका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । १ करोड बजेट मात्र प्राप्त भएको भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख बीरबहादुर रावलले बताउनु भयो ।

प्रतिघर निर्माण गर्न ३ लाख ५० का दरले रकम पाउने तर रकम नआउँदा घर निर्माण गरिसकेका स्थानीयलाई वितरण गर्न ढिलाई भएको प्रमुख रावलको भनाई छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले लामो समयसम्म पनि जनता आवासको रकम नआउँदा घर बनाइसकेका स्थानीय मर्कामा परेको बताउनुभयो ।

सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको लागि घर निर्माण कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button