तपाईँ सुन्दै हुनुहुन्छः

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

काठमाडौँ । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ ।

यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।

गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।

पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङको छभने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहनुभएका मनराज गुरुङको शब्द सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विलन थापाले गर्नुभएको छ ।

स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गर्नुभएको हो । सो गीतका गायक पवन रानाको ‘ए साइली’ कौडा गीतमा अहिले देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button