२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र समृद्धिलाई राजनीतिक ढङ्गले हेर्न हुँदैन’

कला राना २०७७ पुष १२ गते १४:१२

स्याङ्जा । गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको विकास र समृद्धिलाई राजनीतिक ढङ्गले खेलबाड गर्न नहुने बताउनु भएको छ ।

अहिलेको सरकारले खेलेको भूमिकालाई राजनीतिक ढङ्गले प्रहार गर्न पनि नहुने उहाँले बताउनुभएको हो ।

वालिङ–८ को उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै सभापति रेग्मीले राष्ट्रिय स्वाभिमानको लडाइँमा वर्तमान सरकारले खेलेको भूमिका हरेक ठाउँमा प्रशंसनीय भएको दाबी गर्नुभयो । ‘राष्ट्रियताको सवालमा जनताको मनमा अहिलेको सरकारको भूमिका प्रशंसनीय भएको छ । गुमेको भूमि फिर्ता गरेको छौँ ।’

सभापति रेग्मीले तीन खम्बे अर्थनीतिलाई अङ्गीकार गरेर प्रदेश सरकार अगाडि बढेको भन्दै तीनै क्षेत्रका पुँजीलाई एकिकृत गरी विकास निर्माण र जनताको समृद्धिको लागि लगानी गर्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताउनुभयो ।

२०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, काली गण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवा केन्द्रका साथै वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ ।

कोभिड–१९ को महामारीका कारण आप्mना सदस्यहरूको स्वास्थ्यको ख्याल गर्दै यही पौष १ देखि १० गतेसम्म शेयर सदस्यको घर घरमै पुगी राय सङ्कलन गरेको सहकारीले सेवा केन्द्रहरूबाट प्रतिनिधिमूलक उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले नियमितरुपमा वितरण गर्दै आएको बाल बचत पुरस्कार नर्सरीदेखि कक्षा ९ सम्मका बाल बालिकाहरूलाई प्रदान गरेको छ ।

सम्बन्धित