तपाईँ सुन्दै हुनुहुन्छः

आज चिनियाँ राजनीतिक टोली नेपाल आउँदै

उपमन्त्री कुओ यचौ

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका अधिकारहरूले आज (आइतबार)देखि नेपाल भ्रमण गर्दैहुनुहुन्छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ यचौ र महानिर्देशक छुई यानसहित चार सदस्यि टोली नेपाल आउन लागेको हो । कुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत हुनुहुन्छ ।

यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहिनुभएका कुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।

विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर हुनुहुन्छ । चिनियाँ टोली चार दिनसम्म नेपाल बस्ने र उच्च राजनीतिक भेटघाट गर्ने अनुमान गरिएपनि भ्रमणको उद्देश्यबारे अहिले नै केही खुलाइएको भने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button