तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंमा ‘शाकाहारी खाना महोत्सव’ आयोजना

काठमाडौं । शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा ‘शाकाहारी खाना महोत्सव’ आयोजना गरिएको छ ।

स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचारसम्बन्धी सामग्रीका कक्ष राखिएका छन् ।

महोत्सवको क्रममा आयोजित अन्तरक्रियाका वक्ताहरुले स्वस्थ जीवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

शाकाहारी खानेकुरामा पनि मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने पौष्टिक तत्व समावेश भएकोले त्यस्ता खानेकुराको सेवनले पशु कल्याणका साथसाथै मानव स्वास्थ्य र प्रकृतिको समेत संरक्षण हुने आयोजक संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button