तपाईँ सुन्दै हुनुहुन्छः

लगानीकर्ताहरु बैंक तथा जीवन बीमा कम्पनीतर्फ आकर्षित

काठमाडौं । विभिन्न वाणिज्य बैकहरुले लाभांश घोषणा गरेका कारण यो साता नेपाली शेयर बजारका लगानीकर्ताहरु वाणिज्य बैंक तथा जीवन बीमा कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । यो साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन १४९३.२७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५४.१५ अंक बढेर १५४७.४२ विन्दुमा पुगेको छ ।

त्यसैगरी, यस साता अंकका आधारमा जीवन बीमा उपसमूहको सूचक सर्वाधिक बढेको छ । सो उपसमूहको परिसूचक यस साता ४४६.०९ अंक अर्थात ३.३६ प्रतिशत बढेर १३ हजार ७०४.१८ विन्दुमा पुगेको छ ।

कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस साता सर्वाधिक ५.७१ प्रतिशत घटेको छ । अंकका आधारमा भने यस साता माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक १३२.०८ अंक घटेको छ ।

यो साता ३४ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण ०.३६ प्रतिशत बढेर २७ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button