तपाईँ सुन्दै हुनुहुन्छः

झापा, मोरङ र सुनसरीमा २५३ जनाको उद्धार

विराटनगर । प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अब सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सडक मानवको उद्धारकार्य जटिल भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने बताउनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको भन्दै बेसहारा भई सडकमा जीवन बिताइरहेकाहरुलाई विराटनगर महानगरपालिका उद्धार गरी उचित व्यवस्थापन गरेको बताउनुभयो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button