२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएको चालक अनुमतिपत्रको परीक्षा हुने

अजय कुमार झा २०७७ पुष ११ गते १७:३२

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामले कोरोना संक्रमणका कारणले रोकेका चालक अनुमतिपत्रको परीक्षा पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोनाको संक्रमणमा कमी आएका कारणले रोकिएको परीक्षाहरु यही पुस २२, २३ र २४ गते लिने तयारी कार्यालयले गरेको जनाएको छ ।

गत चैत्र ११ गतेदेखि नेपाल सरकारले नै लक डाउन गरेका कारणले यातायात कार्यालय जनकपुरधामको सम्पूर्ण परीक्षाहरु स्थगित भएका थिए । खास गरेर सोही समयमा लिखित परीक्षा पास गरेर करिव ३ सय परीक्षार्थीले प्रयोगात्मक परीक्षाका लागि बैंक भाउचर काटेकाले उनीहरुको परीक्षा लिन लागेको कार्यालयका प्रमुख वीरेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

आवश्यक दूरी कायम गरेर परीक्षा लिने कार्यालयले जनाएको छ । यातायात कार्यालयले परीक्षा स्थगित गरेपछि ट्रायल दिने तयारीमा रहेका परीक्षार्थीहरु अन्योलमा परेका थिए । परीक्षा पुनः हुने भएपछि खुशी भएका छन् ।

यातायात कार्यालयले अन्य सेवाहरु प्रवाह गरेपनि चालक अनुमतिपत्रको परीक्षा रोकेका थिए । सवारी साधनको दत्र्ता, नवीकरण, नामसारी, रुट परमीटसहितको सेवाहरु नियमित रुपमा नै प्रवाह गर्दै आएको थियो । अब चालक अनुमतिपत्रको परीक्षा लिने भएपनि अनुमतिपत्रको प्रतिक्षामा रहेकाहरु खुशी भएका छन् ।

सम्बन्धित