२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ सय ४० जना कोरोना संक्रमणमुक्त, ५ सय जनामा संक्रमण

बालिका मादेन २०७७ पुष ११ गते १६:४२

काठमाडौं । आज देशभर ८ सय ४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म ९६ दशमलव ७ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तै आज थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ३४ वटा पिसिआर परिक्षण गर्दा २ सय ८७ पुरुष र २ सय १३ महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सगै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ लाख ५७ हजार ७ सय पुगको छ ।

देशभर रहेका ६ हजार ७ सय ४९ जना संक्रिय संक्रमित मध्ये ३ हजार ३ सय ४९ जना होम आईसोलेसनमा रहेका छन् । गम्भीर लक्षण देखिएका २ सय २८ जना आई.सी.यू र ५० जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज थप ३ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगको छ ।

 

सम्बन्धित