तपाईँ सुन्दै हुनुहुन्छः

लेखन क्षमता वृद्धि गर्न तनहुँका महिला पत्रकारलाई तालिम

तनहुँ ।  तनहुँका महिला पत्रकारहरूको लेखन क्षमता वृद्धि गर्नका लागि दमौलीमा दुई दिने क्षमता अभिबृिद्ध तालिम प्रदान गरिएको छ ।

क्रियाशील महिला पत्रकार तनहुँको आयोजनामा यहाँका सञ्चार माध्यमहरूमा आबद्ध महिला पत्रकाहरुलाई तालिम प्रदान गरिएको हो ।

शनिबार र आइतबार दुई दिन सञ्चालन हुने तालिमको उद्घाटन गर्दै ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले महिला पत्रकारहरूले पत्रकारिताको क्षेत्रमा बलियो उपस्थिति जनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अनुसन्धानात्मक  र तथ्यमा आधारित समाचार लेख्न पर्ने भन्दै अहिले संविधानको प्रभावकारी कार्यान्वयनको पक्षका समाचार लेख्नु पर्ने बेला आएको बताउनुभयो । उहाँले महिला पत्रकारहरूको क्षमता वृद्धिका लागि नगरपालिकाले सहयोग गर्न तयार रहेका समेत बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, महासङ्घ गण्डकीका सदस्य गोरा मियाँ, महासङ्घ तनहुँका पूर्व अध्यक्षहरू डम्मर अधिकारी, प्रदिप पौडेललगायतले पत्रकारिताको परिवर्तन र विकासका लागि महिलाहरू पत्रकारितामा प्रभावकारी उपस्थिति जरुरी रहेको बताउनुभएको थियो ।

यहाँका विभिन्न सञ्चार माध्यममा आबद्ध रहेको ३० जना महिला पत्रकारहरूलाई लेखन वृद्धि गर्न तालिम सञ्चालन गरिएको हो ।

तालिममा क्रियाशील महिला पत्रकारहरू सरिता पङ्गेनी र दुर्गा अधिकारी सहजीकरण गर्ने कार्यक्रम संयोजक सोनी शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button