२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान मार्ने उद्योग र अङ्भङ्ग मुद्दाका फरार एक पक्राउ

रेडियो नेपाल २०७७ पुष ११ गते १२:०७

लहान। ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो।

सम्बन्धित