२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

रेडियो नेपाल २०७७ पुष ११ गते ८:१७

काठमाडौँ ।  पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो । पछिल्लो पटक नेकपा (दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।

नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गर्नुभएको थियो ।

सम्बन्धित