तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा करेन्ट लागेर युवकको मृत्यु 

पुस । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दाङबाट दहखोला जाँदै गरेको ना ६ ख २९६२ नको बसका सहचालकको करेन्ट लागेर मृत्यु भएको हो ।

लेखपोखरामा गाडीको छतबाट सामान झार्ने क्रममा मेन लाइनमा छुँदा दाङ दंगिसरण गाउँपालिका ३ का २१ वर्षीय सहचालक राजेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक डाँगीको शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button