२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

साढे ५ लाख भन्दा बढी निजी आवास पुनर्निर्माण भइसक्यो : पुनर्निर्माण प्राधिकरण

विद्याप्रसाद उपाध्याय २०७७ पुष १० गते १५:४९
काठमाडौँ । ५ लाख ५६ हजार ४ सय ८७  निजी आवासको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छैटौँ स्थापना दिवसका अवसरमा बबरमहल काठमाडौँमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले  भूकम्पबाट क्षति भएका कुल ७ लाख ९६ हजार २ सय ४५ घर मध्ये  ५ लाख ५६ हजार ४ सय ८७  निजी आवासको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ६८ हजार ८३ घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको  जानकारी दिनुभयो ।
त्यस्तै  ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि  जग्गा उपलब्ध  गराइएको छ भने निर्माणाधीन १३० एकीकृत बस्ती मध्ये ५० वटा बस्तीको  पुनर्निर्माण सम्पन्न भइसकेको पनि कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा तर्फ क्षति ग्रस्त ९ सय २० वटा सम्पदा मध्ये  ४ सय ६५ वटा  सम्पदाको पुनर्निर्माण सम्पन्न भएको  प्राधिकरणले जनाएको छ ।
धरहराको २० औँ तला पुनर्निर्माण भइरहेको र सिंहदरबारको मुख्य प्रशासनिक भवनको  उत्तर, दक्षिण र पूर्वी भागको काम यसै महिनाभित्र सम्पन्न गरी सक्ने पनि प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै भूकम्पबाट  क्षतिग्रस्त  भएका कुल ७ हजार ५ सय ५३  विद्यालय मध्ये ६ हजार ८५ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने कुल  १ हजार १ सय ९७ वटा  क्षतिग्रस्त स्वास्थ्य संस्था मध्य  ६ सय ९८ स्वास्थ्य  संस्थाको पुनर्निर्माण सम्पन्न भएको  प्राधिकरणले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त  कुल ४ सय १५ सरकारी भवन मध्ये  ३७४ वटा सरकारी भवनको पुनर्निर्माण काम सम्पन्न भएको पनि प्राधिकरणले जनाएको छ ।

सम्बन्धित