तपाईँ सुन्दै हुनुहुन्छः

सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग

सर्वोच्च अदालत, फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ मागेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको  इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button