तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संबैधानिक इजलासमा सुनुवाई हुदैछ ।

प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराको बुधबारको इजलासले विघठनविरुद्ध परेका १२ वटा रिटलाई संबैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले दर्ता गराएको अर्काे एउटा रिट पनि संबैधानिक इजलासमा छ । १२ वटा रिटमा बुधबार एकैपटक सुनुवाई भएको थियो ।

प्रधानन्यायधिश जबराले संविधानको धार ७६ (७) को संबैधानिक व्याख्या आवश्यक रहेको भन्दै सबै रिट संबैधानिक इजलासमा पठाउन आदेश दिनुभएको थियो । निवेदक तथा अधिवक्ताहरुले रिटमाथिको सुनवाई बृहत इजलासबाट हुनुपर्ने माग राख्नुभएको थियो ।

सबैजसो रिटमा प्रतिनिधिसभा विघठनको निर्णय गैरसंबैधानिक भएको भन्दै खारेजीका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button