तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु

काठमाडौँ । सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै चैतको सुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो ।

कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो । कोरोना संक्रमणको डरले लामो समय घरेलु फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यस वर्ष सक्ने तयारी गरेको छ ।

एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सी डिभिजनका क्लबले अब तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् । एन्फा सी डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत बनेको हो । छलफलको दौरान एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको थियो ।

छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए । एन्फाले बुधबार मात्र सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button