तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली शान्ति सैनिकद्वारा ठुलो सफलता प्राप्त

नेपाली सेनाको मुख्यालय

काठमाडौँ । नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक Central African Republic को एक प्रमुख शहर Bambari लाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन् । आगामी पौष १२ गते हुन गइरहेको आम निर्वाचनमा पूर्व राष्ट्रपति Francois Bozize  लाई निर्वाचनमा उम्मेदवार हुनबाट बञ्चित गरेपछि शुरु भएको सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन हुने वा नहुने भन्ने अनिश्चित बन्दै गएको परिस्थिति मा विपक्षी राजतीतिक दलहरुले पनि शान्ति सुरक्षाको अवस्था प्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारलाई अनुरोध गरेका छन् ।

यसै बीच विद्रोही समुहहरुले देशको उत्तर, पश्चिम र दक्षिणी भू–भागबाट आक्रमण शुरु गरी राजधानी Bangui प्रवेश गर्ने प्रयास गरिरहेका छन् भने उक्त प्रयासलाई रोक्न त्यहां तैनाथ शान्ति मिशन MINUSCA ले शान्ति सैनिकहरुलाई सरकारी सेनालाई मद्धत पुयाउन निर्देशन दिएको छ ।

यसै क्रममा मिति २०७७।०९।०७ गते विद्रोही समुह Union for Peace in CAR (UPC) ले Central African Republic को चौथो ठुलो शहर Bambari लाई नियन्त्रणमा लिएपछि सो को प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको गणको एक गुल्म परिचालन भई विद्रोही विरुद्ध प्रतिकारात्मक कारवाही गर्दै उनीहरुलाई पछि हट्न बाध्य बनाएको थियो । यसरी उत्पन्न अनुकुल परिस्थितिको उपयोग गर्दै सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको भनी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारहरु प्रकाशित भएका छन् ।

Central African Republic मा तैनाथ नेपाली सेनाको श्री रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीहरुको आक्रमणको प्रयासलाई विफल पारेको थियो । घटना पश्चात विद्रोही समुहबाट ठुलो संख्यामा हात हतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ । उक्त कारवाहीमा सहभागी नेपाली शान्ति सैनिकहरु सवैजना सकुशल रहेको सेनाले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button