तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउनसुगर र ट्याबलेटसहित ३ जना पक्राउ

भद्रपुर, झापा । झापाको बिर्तामोड र भद्रपुर नगरपालिका क्षेत्रबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् ।

लागुऔषधको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा बुधवार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २१ बर्षीय सञ्जय तामाङलाई २६ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

मे ८ प ३४२८ नम्बरको मोटरसाइकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरिएको थियो ।

यस्तै भद्रपुर नगरपालिका–३ स्थित झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय शेरबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

मे २ प ४३१८ नम्बरमा सवार रहेका दुवैजनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्कुपसिरफ १० थान, नाइट्रोजन १० ट्याब्लेट, उइपासमोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाइजेपाम ८, एम्पुलर गाँजा २०० ग्राम बरामद भएको थियो ।

पक्राउ परेका तीनैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button