२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सामुहिक बलात्कारको घटना मिलाउन पञ्चे बन्नेलाई २ लाख धरोटी

कृष्ण मण्डल २०७७ पुष ९ गते १७:२५

सप्तरी । सामुहिक जवरजस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका प्रतिवादी धरोटी बुझाउदै तारेखमा रिहा भएका छन ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का ४५ वर्षीय शत्रुधन मण्डल अदालतको आदेश पछि २ लाख रुपैयाँ धरोटी बुझाउदै तारेखमा रिहा भएका छन ।

गत भाद्र ३० गते सोही नगरपालिकामा भएको एक सामुहिक बलात्कार र पीडित बालिकाद्वारा आत्महत्याको घटना पछि फरार रहेको सोही नगरपालिका मण्डललाई बुधबार प्रहरीले राजविराजबाट पक्राउ गरी अदालत समक्ष पेश गरेको थियो ।

पीडकलाई सजाय दिलाउनु को साटो पञ्चायतीको माध्यमले पीडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न पञ्चायती मार्फत पञ्चको रुपमा भुमिका निर्वाह गरेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहले जानकारी दिनु भयो ।

सम्बन्धित