तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा प्रचण्ड–नेपाल समूहको बैठक : चरणगत रुपमा सङ्घर्षको कार्यक्रम सुरु गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको आज काठमाडौँमा बसेको बैठकले प्रतिनिधिसभाको विघटनको घोषणाका विरुद्धमा भोलिबाट चरणगत रुपमा सङ्घर्षको कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।

चरणगत रुपमा हुने आन्दोलन अन्तर्गत भोलि बहुमत सदस्य साढे ९ बजे माइतीघर मण्डलामा भेला हुने र १२ बजे निर्वाचन आयोग जाने लगायतका कार्यक्रम तय गरिएको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

चरणगत रुपमा ७  प्रदेश कमिटीको बैठक गर्ने, जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने र  पुस १४ गते प्रतिनिधिसभाको विघटनका विरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम गर्ने लगायतका कार्यक्रम तय भएको पनि नेता  श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरेको पनि नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button