तपाईँ सुन्दै हुनुहुन्छः

सडकको पहुच गाउँमा पुगेपछि किसान लाभान्वित

7ØfS6/df k/fn
a]gL gu/kflnsf–!) kfTn]v]tdf v]tdf bfO+{ u/]kl5 6ØfS6/df k/fn /fvL 3/tkm{ nluFb} . oftoftsf] kx’Frn] s[ifsnfO{ ;fdfg 9’jfgLdf ;xh ldn]sf] 5 . tl:a/M sdn vqL ,a]gL-DofUbL_,/f;;
वीरगंज । पर्साको ग्रामीण क्षेत्रमा सडकको सहज पहुच पुगेपछि पराल, छयाली, तोरी, मसुरोको भुस समेत विक्री हुन थालेपछि किसानहरु लाभान्वित भएका छन ।

हुलाकी सडकको विस्तार, पोखरिया–लंगडी–भिस्वा सडक खण्डको निर्माण, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहठ सडकखण्डको निर्माण भएसँगै ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेको खाद्यान्न सहित पराल, छयाली, तोरी, मसुरोको भुस समेत सहजै विक्री हुन थालेपछि किसानहरु लाभान्वित भएका हुन ।

बिगतमा किसानले विक्री नभएपछि पराल, गहुको छयाली, रवी बालीका भुस त्यतिकै जलाएर नष्ट गर्ने गरेका थिए । तर अहिले पराल, छयाली, तोरी, मसुरोको भुस विक्री हुन थालेको धोबिनी गाउपालिका वडा नं ३ हरिहरपुर का किसान रामजन्म प्रसादले बताउनु भयो । अहिले व्यापारीहरुले खेतबाटै पराल खरिद गरी लैजान थालेपछि किसानहरु लाभान्वित भएका छन ।

पर्साको जगरनाथपुर गाउपालिका वडा नं ६ का किसान रामअयोध्या यादवले पराल बेचेर गहु बालीको लागि रासायनिक मल र जोताई खर्च निकालेको बताउनु भयो । सिमराका व्यवसायी महेश मण्डलले पर्साको ग्रामिण क्षेत्रबाट खरिदगरी आफूले चितवन, काठमाडौंमा माग भए अनुसार पराल, छयाली तथा रवी बालीको भुस पु¥याउने गरेको बताउनु भयो ।
परालको चाङ अर्थात टौवा हेरेर किसानहरुले मूल्य तोक्ने र सो अनुसार तोलमोल गरी खरिद गर्ने गरेको व्यापारी मण्डलले बताउनु भयो ।

ग्रामिण क्षेत्रबाट लगिएको पराल तथा भूसलाई शहरमा खोलिएको पशु पालन फारममा पुर्याउने गरेको मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button