तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुको मिथिला डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा

जनकपुरधाम । जनकपुरधामस्थित शिवचौकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आज लागेको आगो पाँच वटा वारुण यन्त्रको मद्दतले तीन घण्टाको अथक प्रयासपछि नियन्त्रणमा आएको छ ।

विहान १० बजेबाट भएको आगलगी दिउँसो करिव १ बजे तीर पूर्ण नियन्त्रणमा आएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलगी भएको हुन सक्ने अनुमान प्रहरीको रहेको उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

नेपाल नगरिक उड्ययन कार्यालय जनकपुरधामको वारुण यन्त्रणको मद्दतले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय बाँसीले नियन्त्रणको प्रयास गर्दा पनि सफल नभएपछि थप वारुणयन्त्रहरु मगाएर आगो नियन्त्रणमा लिइएको हो ।

आगलगी भएको खवर जनकपुरधाम उपमहानगरपालिकालाई समयमा नै गरेपनि दुवै वारुणयन्त्र विग्रेका कारणले समयमा नआउदा ठूलो क्षति भएको छ । डिपार्टमेन्ट स्टोरमा करिब ५ करोड मूल्य बराबरको सामान तथा अन्य भौतिक क्षति भएको अनुमान गरिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button