तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदिमा झोलुङ्गे पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नम्बर १ बिनवारी र पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया जोड्ने दोदा नदि माथि झोलुङ्गे पुल निर्माण भएको छ ।

लालझाडी गाँउपालिकाको पहलमा पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । पुल निर्माणसँगै सामाजिक, आर्थिक एव सांस्कृतिक गतिविधिमा सहजता आएको स्थानीयको भनाइ छ ।

पुर्वाधार विकास कार्यालय मार्फत निर्माण भएको पुलको लम्बाई २ सय मिटर रहेको छ । झण्डै १ करोड ९९ लाख लागतमा पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताउनु भयो ।

लालझाडी गाँउपालिकाका अध्यक्ष मदनसेन बडायकले दोदा नदि माथि ३ वटा पुल निर्माणका लागि संघीय सरकार समक्ष माग गरेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button