तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर
धनगढी । कैलालीमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका क्षेत्रका ११ जना र गाेदावरी नगरपालिकाका एक  जनामा कोरोना सङ्क्रमण भाइरस पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको छ ।
कैलालीमा पछिल्लो दुई दिनको अवधिमा ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सरकारी तथ्यांक देखिन्छ ।  चिसो मौसममा कोरोना भाइरस बढी सक्रिय रहने भएकाले विशेष सजकता अपनाउन चिकित्सकहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button