तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।

सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसक्नुभएको छ ।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लाग्नुभएको हो । यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसक्नुभएको छ ।

खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहनुभएको छ । टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button