२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म-गमगढी राजमार्गः ठेकेदारलाई नौ पटक पत्र

रेडियो नेपाल २०७७ पुष ९ गते १२:०१

सिजा। नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटक पटकको निर्देशन अटेर गरेपछि जेभिलाई नवांै पटक पत्र काटिएको जानकारी दिनुभयो । शुरुआती विन्दु १३ किलोमिटरमा पाँच वर्ष अघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिम पत्र काम गर्न भनि काटिएको कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम रु १० करोड १३ लाख ८ हजार १३० रुपैँया मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गर्ने जानकारी दिनुभयो ।रासस

सम्बन्धित