तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतबाट नेपाल आउने व्यक्ति १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ । बेलायतमा हालै नयाँ प्रकारको कोरोना भाइरसको प्रजाती देखापरेकोले २०७७ पौष १ गते देखि ७ गते भित्र बेलायत वा उक्त मूलुकको बाटो हुदै नेपाल प्रवेश गर्नु हुने सम्पूर्ण व्यक्तिहरु अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

नेपाल प्रवेश गरेको मितिले ७ दिन देखि १० दिन भित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई आर.टी.पि.सि.आर. परिक्षण गर्नुहुन समेत मन्त्रालयले विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेको छ ।

सो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले प्रमुख प्राथमिकताका साथ कार्य गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सवै सरकारी प्रयोगशालाहरुले यसरी आउने व्यक्तिहरुको निःशुल्क परिक्षणको व्यवस्था मिलाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा जारी विज्ञप्ति

प्रतिक्रिया राख्नुहोस्

Back to top button