२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम देशव्यापी रुपमा मनाउने काँग्रेसको निर्णय

सुरेन्द्रमणि त्रिपाठी  २०७७ पुष ८ गते १८:२४
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमपछिको अवस्था र पार्टीले चाल्नुपर्ने कदमका बारेमा आज पनि छलफल भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताउनुभयो ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर के.सी., आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

सम्बन्धित