२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक बी डिभिजन लिग फागुन दोस्रो साता सुरु हुने

अजय बम २०७७ पुष ८ गते १८:२२

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फागुनको दोस्रो साता सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाबाट प्रभावित बनेको गत वर्षको स्थगित बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको हो । कोरोनाका कारण बी डिभिजन लिग गत वर्ष चैत ५ गतेबाट स्थगित अवस्थामा छ ।

एन्फाले यस वर्ष ए डिभिजन लिग सञ्चालन गर्न नसकिने निष्कर्षसहित गत वर्ष स्थगित रहेको प्रतियोगिता पुरा गर्ने लक्ष्य लिएको छ । गत वर्ष बी डिभिजन लिग सहित महिला राष्ट्रिय लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग कोरोनाका कारण प्रभावित बनेका थिए ।

बी डिभिजन लिग सञ्चालनका सन्दर्भमा एन्फाले बुधबार क्लबका प्रतिनिधिसँग छलफल गरेको छ । क्लबका प्रतिनिधिले लिगमा भाग लिन आर्थिक समस्या पर्ने भन्दै स्वास्थ्यको मापदण्ड पुरा गर्न समेत नसकिने बताएका थिए ।

एन्फाले बी डिभिजनका क्लबलाई लिग पुरा गर्न २ लाख रुपैयाँ आर्थिक सहयोग दिने र स्वास्थ्यसम्बन्धी सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका थियो ।

एन्फा र क्लबका पदाधिकारी फागुन ११ गतेबाट स्थगित अवस्थामा रहेका लिग सुरु गर्न सहमत बनेका छन् । बैठकमा एन्फाले फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका सम्बन्धमा क्लबलाई जानकारी गराएको थियो ।

सम्बन्धित