तपाईँ सुन्दै हुनुहुन्छः

बक्यौता रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले किसानहरुबाट किनेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ ।

परिसंघले आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्ने भएकोले समाधानमा लाग्न सबै सम्वद्ध पक्षलाई अग्रह गरेको हो ।

बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि परिसंघले आग्रह गरेको छ ।

परिसंघले चिनी उद्योगका समस्या समाधानमा सबै पक्षको संलग्नतामा ठोस समाधानको प्रयास थाल्न पनि सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button