तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं महानगर र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध

जुम्ला । काठमाडौ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रही दुई नगरबीच मितेरी सम्बन्ध कायम गरिएको हो ।

बुधबार आयोजित एक समारोहमा दुबै नगरका प्रमुखहरुले हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम भएको घोषणा गरिएको हो । काठमाडौं महानगर र चन्दननाथ नगरपालिका बीच मितेरी सम्बन्ध शुरुको घोषणासंगै विकास साझेदारीका लागि १० बुदे सहमतिपत्रमा समेत हस्ताक्षर भएको छ ।

दुबै महानगर र नगरपालिका बीच शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास, पर्यटन विकास, शुसासन तथा पारदर्शिता कायम, अध्यायन, अनुसन्धान भम्रण, अनुभव आदान प्रदान, पर्यावरणको संरक्षण, लगायत क्षेत्रमा काम गर्ने गरी १० बुँदे सहमतिसहित मितेरी सम्बन्ध कायम शुरु भएको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।

मानव विकास सुचांकमा धेरै उच्च रहेको काठमाडौं महानगर र न्यून मानव विकास सुचांक रहेको जुम्लाबीच सम्बन्ध गाँसिनु गौरवको विषय भएको भन्दै नगरबासी खुसी छन् । पहिलो चरणमा पार्क निर्माणका लागि महानगरले डेढ करोड बजेट सहयोग गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button