तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप जित्ने खेलाडीलाई गाउँपालिकाको सम्मान

अछाम । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुदूरपश्चिम छनोट जितेको अछामको टोलीलाई चौरपाटी गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रत्येक खेलाडीलाई ५–५ हजार नगद सहित सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले खेलाडीहरुलाई थप हौसला प्रदानका लागि नगदसहित सम्मान गरेको बताउनुभयो ।

सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद, निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा र विभिन्न वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

यसअघि कञ्चनपुरमा भएको पिएम कप सुदूरपश्चिम छनोट प्रतियोगितामा बैतडीलाई हराउदैं अछामले उपाधि हात पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button