तपाईँ सुन्दै हुनुहुन्छः

२२ वर्षपछि प्रहरी कार्यालयको भवन निर्माण

जाजरकोट । जाजरकोटका दुई ठाउँका इलाका प्रहरी कार्यालयको भवन निर्माण भएका छन् ।

भेरी नगरपालिका १, रिम्ना र शिवालय गाउँपालिकाको सिमामा २२ वर्षपछि भवन निर्माण भएको छ । २०५६ सालमा तत्कालीन माओवादीले ध्वस्त पारिदिएका प्रहरी कार्यालय स्थानीयको घर भाडामा लिएर बस्दै आएका थिए ।

नयाँ भवन बनेपछि प्रहरी आफ्नै भवनमा सरेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताउनुभयो । प्रहरीले अहिले उक्त भवनबाटै कार्य सञ्चालन गर्न थालेको श्रेष्ठको भनाइ छ ।

युएनओपिएसको आर्थिक सहयोगमा डिएफआई नेपालले भवन निर्माण गरेको हो । इलाका प्रहरी कार्यालय रिम्नाको भवन ३ करोड ३५ लाख र सिमाको ३ करोड ३० लाखको लागतमा निर्माण भएको प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button