तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु

बारा  । बाराका पाँच वटा कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेका छन् ।

प्रधानमन्त्री कृषि आयोजना बाराको निर्देशनमा बाराका पाँच वटा साना किसान कृषि सहकारी संस्थाहरूले मङ्गलवारदेखि नेपाल सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेका हुन् ।

डुमरवाना साना किसान कृषि सहकारी संस्था डुम्मरवानाले खाद्य उद्योगले समर्थन मूल्यमा किसानहरूबाट धान खरिदको गर्दै एक कार्यक्रमबीच शुभआरम्भ गरेको हो ।

संस्थाले धान खरिद कार्यक्रमको पहिलो दिन कोल्हबीका किसानहरूको सानो मंसुली र सावित्री जातका करिब एक सय ५ क्युइन्टल धानप्रति खरिद गरिएको छ ।

सहकारीले सरकारले तोकेको समर्थन मूल्य प्रति किलो २७ रुपैयाँ ३५ पैसामा खरिद गरेको छ ।

अहिले बजारमा यी जातका धान स्थानीय व्यापारीहरूले प्रति किलो रु २४ रुपैयाँदेखि २५ रुपैयाँसम्म खरिद गरिरहेका छन् ।

प्रधानमन्त्री कृषि आयोजनासँग सम्झौता गरेका बाराका पाँच वटा सहकारीहरूले मङ्गलवार र शुक्रवार हप्ताको दुई दिन मात्र समर्थन मूल्यमा किसानको धान खरिद गर्ने जनाएका छन् ।

यता सरकारले ढिला गरी धानको समर्थन मूल्य तोकेको कारण किसानहरूले भने धान पहिले नै स्थानीय व्यापारीहरूलाई बेचिसकेका बताएका छन् ।

साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष बिश्वनाथ लामिछानेको अध्यक्षतामा आयोजित धान खरिद शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कृषि आयोजना बारा प्रमुख सुरेन्द्र यादव, सहकारीका खाद्य शाखा प्रमुख प्रदीप बराल, शाखा प्रबन्धक राजेन्द्र जमरकटेल, संस्थाका सदस्यहरु उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button