तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आजको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा संसद् विघटन गर्ने सरकारको कदमपछिको अवस्था र पार्टीले चाल्नुपर्ने कदमका बारेमा छलफल भइरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताउनुभयो ।

यस अधि हिजोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने सरकारको कदम जनभावना विपरीत रहेकाले यस विषयमा पार्टीभित्र गहन छलफल गरी अगाडी बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button